दफा ३४
छात्रवृत्ति उपलब्ध गराउनु पर्ने
: (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी सङ्ख्याको कम्तीमा पचास प्रतिशत स्थानमा आर्थिक रूपले विपन्न विद्यार्थीलाई पूर्ण रूपमा छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “आर्थिक रूपले विपन्न” भन्नाले सामुदायिक विद्यालयमा अध्ययन गरी प्रवेशिका वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीहरूमध्ये तोकिएको आधारमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले आर्थिक विपन्न भनी सिफारिस गरेको विद्यार्थीलाई जनाउँछ।
(२) उपदफा (१) बमोजिम पचास प्रतिशतलाई शतप्रतिशत मानी सो को पैँतालीस प्रतिशत स्थानमा महिला, दलित, आदिवासी/जनजाति, मधेशी, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई मात्र छात्रवृत्ति उपलब्ध गराइनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम छात्रवृत्ति उपलब्ध गराउने आधार तोकिए बमोजिम हुनेछ ।
(४) कुनै निकाय वा संस्थाले कुनै विद्यार्थीलाई प्रतिष्ठानमा अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराउन सक्नेछ ।